८ असार, काठमाडौं । सरकारले काठमाडौं –निजगढ फास्ट्र ट्रयाक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले एशियाली विकास बैँकबाट प्राप्त १ सय ५० मिलियन अमेरिकी डलर सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थमन्त्रालयका सह–सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विशेष अदालतको सदस्यमा न्यायाधीश बाबुराम रेग्मीलाई र स्वास्थ्य मन्त्रालयको सचिवमा किरण रेग्मिलाई बढुवा गर्ने निर्णय गरेको छ ।