महाभारतको कथामा कर्ण एक शुरवीर योद्धाका रुपमा मात्रै मादिैँन, उनी एक योद्धाभन्दा ठूलो दानी मानिन्छ । एक पटक होइन, पटक–पटक दानवीरताको परिक्षामा उनी सफल बने, यहासम्म कि कौरव विरुद्ध रहेका श्रीकृष्णलाई पनि कर्णको यो दानवीरताबाट प्रभावित भएका थिए ।

कृष्णले कर्णको मृत्युको अन्तिम क्षणमा उनलाई तीन वरदान दिएका थिए र मृत्यु पश्चात उनले स्वयं कर्णको दाह–संस्कार गरेका थिए । सबैलाई थाहा भएको कुरा, कृष्ण भगवान विष्णुको अवतार थिए र जसलाई दाहसंस्कार गरिदिन्थे उसले स्वर्ग र मोक्ष पाउथे भनिन्छ ।

अन्तिम क्षणमा कर्णको कौशल र दानवीरता प्रसन्न श्रीकृष्णले तीन वरदान माग्न भने । ज्ञानी कर्णले पहिलो वरदानमा कृष्णसँग अर्को जन्ममा आफूजस्तै व्यक्तिको उत्थानका लागि केही विशेष गर्न सक्ने वरदान मागे, किनकि सूतपुत्र भएका कारण नै उसले पुरै जीवनमा छल र दुःखको सामना गर्नु परेको थियो ।

दोस्रो वरदानमा कर्णले अर्को जन्ममा कृष्णद्धारा त्यही राज्यमा अवतार लिने इच्छा व्यक्त गरे र आफ्नो तेस्रो वरदानमा कर्णले कृष्णसँग एक प्रकारले आफ्नो मोक्षको वरदान मागे । कर्णले आफ्नो अन्तिम संस्कार यस्तो ठाउँमा होस्, जुन ठाउँमा कुनै पाप नहोस् भन्ने इच्छा व्यक्त गरेका थिए ।

त्यतिबेलासम्म कलियुगको सुरुवात भइसकेको थियो र यस्तो कुनै पाप नभएको ठाउँ धरतीमा नपाएका कारण श्रीकृष्णले स्वयं आफ्नो हातमा कर्णको अन्तिम संस्कार गरे । यसरी अधर्मको साथ दिनका लागि पापको भागेदार भए पनि कर्णले मोक्ष पाएका थिए ।