१८ कात्तिक, काठमाडौं । मलेसियाको तपाहमा यात्रुबहाकबस दुर्घटना हुँदा नेपालीसहित १४ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।

पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए ।

‘बसमा त्यहाँका स्थानीय र विदेशी (इण्डोनेसिया र नेपाल) गरी ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ ।