१४ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई फौजदारी अभियोगमा उहाँलाई सामान्य नागरिक सरह कारवाही हुनुपर्ने माग गरेको छ ।

कानुन सबैको नजरमा बराबर हुने भएकाले महरा पनि यसबाट माथि रहन नसक्ने उनले बताए । महराले दिएको राजीनामा अपूरो रहेको भन्दै प्रवक्ता शर्माले भने, “उहाँले राजीनामा दिएर छानवीनका लागि मार्ग प्रशस्त गर्नुभएको छ तर प्रष्ट रुपमा राजीनामा आएन” ।

उनले कार्यवाहक दिएको जसरी राजीनामा दिएको भन्दै यसलाई स्पष्ट खुलाउनुपर्ने बताए । छानवीन सम्पन्न नभएसम्मका लागि भनेर राजीनामा दिनु विदेश जाँदा कार्यवाहक दिनुजस्तै हो भन्दै शर्माले प्रश्न गरे, अनुसन्धान एक वर्षमा पनि सकिएन भने हामी त्यतिन्जेल सभामुख विना नै संसद चलाउने हो र ? उनले यस्ता घटनाबाट आफूहरु दुःखित भएको पनि बताए ।