१७ असोज, काठमाडौं । केहीदिन देखि मिडियामा तत्कालीन सभामुख कृष्ण बहादुर महाराका बारेमा विभिन्न समाचारहरु आइरहेका छन् । संसद सचिवालयमै काम गर्ने रोशनी शाही नाम गरेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपनि महराले सभामुख पदबाट राजीनाम समेत दिए । राजीनामा गरेकै दिन बेलुकी महिलाले आफूलाई सभामुखले दुर्व्यवहार नगरेको बताइन् । यसरी विकसित हुँदै गइरहेको यो मुद्दा हरेक तहमा चर्चा र बहस भइरहेको छ । तर यस विषयमा अहिलेसम्म चुप बसेका दीपकराज गिरीले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

असोज २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै’को प्रचारप्रसारको क्रममा एक मिडियासँग कुरा गर्दै दीपकले यो केशलाई मजाक बनाइएको बताएका छन् । ‘यौनसँग जोडिएको विषय एकदमै संवेदनशील हुन्छ । मीटु अभियान आएको बेलमा पनि मैले यसको मिसयुज हुनसक्छ भन्ने धारणा सार्वजनिक गरेर बसेको हो । समाजका लिङ्गको आधारमा अपराधी छुट्टीदैँन त्यसो भए त जेलमा केटैकेटा मात्र हुनुपर्थ्यो । नियत खराब भएको केटीसँग तीन वर्षदेखि कुरा मिलिराखेको छ तर चौथो वर्ष कुरा नमिल्नेवित्तिकै त्यसलाई नै इस्यु बनाइदिन सक्छ’, उनले भने, ‘महिलाको लागि राम्रो कानुन ल्याउनु पनि गाह्रो भयो अब त ! केही महिलाहरुले गलत खेल खेल्दियो भने कानुनै हल्लिने अवस्था आउँछ ।’

‘शुरुमा ममाथि सांघातिक हमला भयो भनेर आयो, बोल्ने महिला उहाँ नै हो । पछि उहाँ मेरो बुवाजस्तो मान्छे भएको भन्दै आयो । यहाँ केही गढबढ छ । महिलालाइ प्रेसर गरिएको पनि हुनसक्छ । त्यसकारण यो केशलाई मजाक बनाइयो,’ तत्कालीन सभामुख कृष्णबहादुरमा महराको प्रसङ्गमा बोल्दै उनले भने, ‘महिलालाई डिप्रेसन छ भन्ने कुरा आयो, यहाँ त अब रोग पनि बदनाम भयो ।’ दीपकले त्यहाँ पावरले खेल भएको हुकसक्नेतर्फ संकेत गरेका छन् । यति भन्दै गर्दा उनले आफू कुनैपनि दलसँग सम्बन्धित नभएको कुरा पनि बिच्च बिच्चमा घुसाइहाले ।

चलचित्र ‘छ माया छपक्कै’को टीम अहिले प्रचारप्रसारमा व्यस्त छ । फिल्मले राम्रो ओपनिङ गर्ने र एकदमै राम्रो व्यापार गर्ने चलचित्र पण्डितहरुको आँकलन छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा केकीसँगै दीपकाराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगाएतका कालकारहरुको अभिनय छ ।