७ कात्तिक, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संयुक्तरुपमा महाभियोग प्रस्ताव दर्तापछि विकशित राजनीतिक घटनाक्रम बारे प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समीक्षा गरेका छन् ।

ट्रम्पले एक रातका लागि १० हजार डलर अफर गरेका थिए- पोर्न स्टार

नाटकीयरुपमा एक ठाउँमा उँभिएर महाअभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेका ओली र प्रचण्डबीच यही विषयमा एक साता भित्र दोश्रो ‘गोप्य’ भेटवार्ता भएको हो ।

kp oli samsad after resigning prachanda subash

केही समय यता तिक्ततापूर्ण सम्बन्धमा रहँदै आएका प्रचण्ड र ओलीबीच गत बुधबार दिउसो सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको भेटवार्तापछि महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

महाअभियोग प्रकरणः आङकाजीले ओलीमाथि उठाए ५ भयंकर सवाल

सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव आइतबार संसदमा पेश भएर मंगलबार देखि छलफल हुने तय भैसकेको छ । तर प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले यस विषयमा स्पष्ट निर्णय नदिएका कारण अव यो प्रक्रिया कहाँ सम्म पुग्छ भन्ने स्पष्ट छैन ।

prachanda oli face to face

एमाले अध्यक्ष ओलीले शनिबार संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै महाभियोग प्रस्तावमा अरु दलहरुसँग पनि सहमति जुटाउन आफुले पहल गर्ने बताएका थिए भने शनिबारै बसेको माओबादी केन्द्रको बैठकले पनि प्रस्तावको पक्षमा सहमति जुटाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

प्रचण्ड ओली रणनीतिः काग्रेसलाई जसरी पनि मनाउने

यसै मेसोमा ओली र प्रचण्डबीच आइतबार दिउसो संसद भवनस्थित सभामुखको कार्यकक्षमा वान-टू-वान भेटवार्ता भएको हो । यो महाअभियोग प्रकरण शुरु भएपछि दुई नेताबीचको दोश्रो वान-टू-वान वार्ता हो । २ पार्टीका अध्यक्ष समेत रहेका उनीहरुबीच महाभियोग प्रस्ताव संसदबाट पारित गराउने विषयमा छलफल भएको श्रोतले बताएको छ । उनीहरुबीच महाअभियोग प्रस्तावका सम्बन्धमा कांग्रेसले लिने सम्भावित निर्णय र शनिबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारेमा पनि कुराकानी भएको बताइएको छ । छलफलमा प्रचण्ड र ओलीले यस बिषयमा काग्रेससँग गहन छलफल गर्ने र जसरी पनि मनाएरै छाड्ने रणनीति तय गरेका छन् ।

महाअभियोग प्रकरणः वल्ल शुरु भयो वास्तविक खेल

लोकमान मुद्धामा अझै सम्म स्पष्ट नभएको कांग्रेसको औपचारिक निर्णय नआएका कारण प्रचण्ड र ओली सहमति जुटाउन दौड धुपमा छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने धेरै सदस्यको विचारले कांग्रेसभित्र लोकमानबारे परस्पर विरोधी धारणा रहेको देखिन्छ । महाभियोगमाथि संसदमा छलफल हुँदा केन्द्रीय समितिको जस्तै एकथरि कांग्रेस सांसदहरु लोकमानको पक्षमा उभिने र अर्कोथरि महाभियोगको समर्थन गर्ने अवस्था समेत आउन सक्ने देखिन्छ । यस्तो अवस्था आएमा सत्ता समिकरणमा प्रभाव पर्ने छ भने नेपाली राजनीतिमा समेत प्रभाव पर्ने छ ।