७ कात्तिक, काठमाडौं ।

संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निहित स्वार्थ रहेको आरोप लगाएका छन् ।

लोकमान महाअभियोगः बल्ल शुरु भयो वास्तविक खेल

उनले ओलीसहित एमाले शीर्ष नेताहरुले कमाएको अकुत सम्पतिको छानविन गर्ला भन्ने डरले अख्तियार प्रमुखलाई महाअभियोग प्रस्ताव ल्याइएको हुन सक्ने भन्दै विभिन्न ५ आरोप लगाएका छन् ।

oli vs ankaji

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आङकाजीले ओलीले लोकमानलाई महाअभियोग प्रस्ताव ल्याउनुका ५ सम्भावना अघि सारेका छन् । फेसबुकमा आङकाजीले दिएका ओलीबारेका ५ विकल्प सबै अपमानजनक देखिन्छन् ।

हेर्नुस् आङकाजीको फेसबुक स्ट्याटसः


यस अघि पनि आङकाजीले केपी ओलीमाथि ब्यक्तिगत आक्षेप लगाउने भाषामा विभिन्न फेसबुक स्ट्याटस लेख्दै आएका थिए ।

गृहमन्त्रीलाई मृत्यु दण्ड दिने आङकाजीको घोषणा !

उनले एक पटक ओलीको हत्या गर्ने चेतावनी समेत दिएपछि हंगामा भएको थियो ।

केपी ओली र विद्या भण्डारीको सम्बन्धलाई लिएर आङकाजीको आपत्तिजनक टिप्पणी