७ कात्तिक, काठमाडौं ।

संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आज संसदमा शुरु हुने भनिएको छलफल २ दिन पछि शुरु हुने भएको छ ।

आज संसदमा प्रवेश पाएपनि महाअभियोग माथिको छलफल भने पर्सी ९ गते मंगलबार बस्ने संसद बैठकमा मात्र छलफल शुरु हुने भएको हो ।

कांग्रेसले के गर्ला ? लोकमान प्रकरणमै यस्तो खतरा

गत बुधबार कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बिहीबारको संसद बैठकमा प्रस्तुत हुने कार्यक्रम भए पनि तीन दिनलाई संसद बैठक सूचना टाँस गर्दै स्थगित गरिएको थियो । आज उक्त प्रस्ताव प्रस्तुत भएको छ ।

samsad parliament nepal 8524056

प्रस्ताव दर्ता गर्न आइतबार आर्थात आजसम्मलाई संसद बैठक स्थगित गरेर छलफल गरिएपनि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।

सोमबार कांग्रेसको केन्द्रिय समिति बैठकले गर्ने निर्णय महत्वपूर्ण हुने भएका कारण छलफल पर्सी देखि राखिएको बुझिएको छ ।

कांग्रेसको समर्थनविना कार्कीमाथि लागेको महाअभियोग प्रस्ताव पारित नै हुने अवस्था छैन । त्यसैले अब कांग्रेसले कस्तो निर्णय लिन्छ भन्नेमा यो प्रस्ताव के हुन्छ भन्ने टुंगो लाग्ने देखिन्छ ।

महाभियोग प्रस्तावका प्रस्तावकले आजको संसद बैठकमा प्रस्ताव राखेपछि सभामुख ओनसरी घर्तीले संसदमा प्रस्तावमाथि छलफल गर्ने दिन र समय तोकेकी हुन् । उनले तोकेको समय ९ गते देखि महाभियोग प्रस्तावमाथि संसद बैठकमा सैद्धान्तिक छलफल हुनेछ । त्यसपछि संसदले हालै गठन गरेको महाभियोग सम्बन्धी संसदीय समितिमा उक्त प्रस्तावबारे छलफल हुने र समितिले आफ्नो रायसहितको प्रतिबेदन संसद बैठकमा प्रस्तुत गरेपछि महाभियोग प्रस्तावको टुंगो लाग्ने छ ।

लोकमानलाई दुई तिहाइले हटाइन्छ: मोदी

नेकपा एमालेको अगुवाईमा माओबादी केन्द्रका सांसदहरुसहित संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएपछि त्यसको पक्षमा कि विपक्षमा उभिने भन्नेमा सत्तारुढ नेपाली कांग्रेसमा विवाद देखिएको छ । कांग्रेसले महाभियोग सम्बन्धमा ठोस निर्णय लिन नसकेर सोमबारसम्मलाई केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।

कांग्रेसको अन्योलका कारण महाभियोग प्रस्तावमाथि संसदमा हुने छलफल प्रभावित हुने देखिन्छ । कांग्रेसमा एकथरि महाभियोग प्रस्तावमाथिको छलफल चाँडै नगराउने र समय घर्काउने पक्षमा लबिङ गरिरहेका छन् । कांग्रेस अनिर्णित रहँदा संसदमा हुने छलफलको समय लम्बिने पनि देखिन्छ ।