२१ साउन, काठमाडौं ।

सरकारले महान्यायाधिवक्तामा नेपाल बारका पुर्व महासचिव एवं अधिवक्ता रमनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख सचिवमा महरा, स्वकीय सचिव प्रकाश र रमेश

वि.सं.२०४४ सालदेखि वकालत क्षेत्रमा प्रवेश गरेका बाग्लुङका श्रेष्ठलाई आज सरकारले महान्यायधीवक्तामा नियुक्त गरेको हो । श्रेष्ठ युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समितिका सदस्यसमेत थिए ।

बालुवाटार छिर्नु अघि प्रचण्ड सचेत, पुरानै सामानले काम चलाउने तयारी

महान्यायधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार रहने व्यवस्था छ । यसअघि केपी ओली सरकारले नियुक्त गरेका महान्यायाधीवक्ता हरि फुयाँलले प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएकै दिन राजीनामा दिएका थिए ।