हिन्दु धर्मको पवित्र ग्रन्थ महाभारतलाई ‘पाँचौँ वेद’ पनि भनिन्छ। महाभारत संसारकै सबैभन्दा विशाल ग्रन्थ हो, जसमा कैयौँ पात्रहरू, कथाप्रसङ्गहरू अनि स्थलहरूको बारेमा वर्णन गरिएको छ।

महाभारत कालका कतिपय स्थलहरू त आजको युगमा गायब भैसके, तर केहि स्थलहरू भने अझैपनि अवस्थित छन्।

हेरौँ यस कलियुगमा महाभारतका कुन-कुन स्थलहरू अवस्थित छन्ः

१. इन्द्रप्रस्थ (नयाँ दिल्ली)

भारतको राजधानी ‘नयाँ दिल्ली’को प्राचीन नाम ‘इन्द्रप्रस्थ’ थियो। यो नगर पाण्डवहरूले बनाएका थिए। लगभग ४ सय वर्ष पहिले तत्कालीन क्षेत्रिय राजा ‘दिलीप सिंह ढिल्लो’को नामबाट नै यस शहरको नाम ‘दिल्ली’ हुन पुगेको हो। त्यसभन्दा पहिले यस स्थललाई ‘खाण्डवप्रस्थ’ वा ‘इन्द्रप्रस्थ’को नामबाट चिनिन्थ्यो।Indraprastha

पाण्डवहरूले त्यस स्थलमा विश्वकै सुन्दर र विशाल भवन बनाएका थिए, जसको सुन्दरताको वर्णन महाभारतमा पनि गरिएको छ। आजपनि दिल्लीको ‘प्रगति मैदान’को आसपासको क्षेत्रलाई ‘इन्द्रप्रस्थ’ भनिने गरिन्छ। दिल्लीमै अवस्थित एउटा किलालाई ‘पुरानो किला’को नामले चिनिन्छ, जसलाई पाण्डवहरूले निर्माण गरेको विश्वास गरिन्छ।

२. ज्योतिसर तीर्थ (कुरुक्षेत्र)

हरियाणाको कुरुक्षेत्र शहरबाट ६ किलोमिटर टाढा पर्ने ‘ज्योतिसर तीर्थ’ नै त्यो स्थल हो, जहाँ भगवान श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश दिएका थिए। भनिन्छ कि, जुन वृक्षमुनि श्रीकृष्णले गीताको उपदेश दिएका थिए, त्यो वृक्ष आज पनि जस्ताको तस्तै छ। यसै कारणले गर्दा यस क्षेत्र पर्यटकहरूको आकर्षणको केन्द्र बन्न पुगेको छ। यहाँ महाभारत कालसँग जोडिएका कैयौँ कलाकृति र अन्य प्रमाणहरू पनि देख्न सकिन्छ।Jyotishar Tirtha

३. हस्तिनापूर (मेरठ)

उत्तरप्रदेशमा अवस्थित ‘हस्तिनापूर’ महाभारतको समयको एक चर्चित स्थल हो। कुरुवंशको राजधानी हस्तिनापूरमा नै थियो। यहि ठाउँमा कौरव र पाण्डवहरूको बाल्यकाल बितेको थियो। महाभारतको पुरै कथामा सबैभन्दा बढि यहि ठाउँको वर्णन गरिएको छ। आजकाल हस्तिनापूरलाई ‘मेरठ’ नामबाट चिनिन्छ।Hasthinapur

यो पनि हेर्नुहोस्-
सीता माता धर्तीमा पलायन भएको ठाउँ
सीताको स्वयम्वर झण्डै रावणसँग भएको
महाभारतका ९ सुन्दर महिला
महाभारतका दंग पार्ने तस्बिर
महाभारतमा प्रयोग गरिएका ५ शक्तिशाली अस्त्र