२६ जेठ, एजेन्सी।

भारतीय कमेडियन कपिल शर्मा केही समय देखि आफ्नो शोलाई लिएर तनावमा थिए। जब सुनिल ग्रोवर, अली अजगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले ‘द कपिल शर्मा शो’ छोडे तब देखि कपिलको शोको टिआरपी निकै घटेको थियो तर अहिले कपिललाई केही राहत मिलेको छ।

कपिलको शो फेरि टप ५ मा आइपुगेको छ।

शोकै कलाकार किकू शारदाले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन। उनले भारतको टप ५ टेलिभिजन शोमा कपिलको शो परेको बताएका छन्।

टिआरपीको हिसाबले सूची अनुसार जी टिभीको ‘कुमकुम भाग्य’ पहिलो, स्टार प्लसको ‘ए रिस्ता क्या केहल्ता हे’ दोस्रो, कलर्सको ‘नागिन’ तेस्रो, जी टिभीको ‘सारेगमप लिटिल च्याम्स्’ चौथो र सोनी टिभीको ‘द कपिल शर्मा शो’ पाँचौ स्थानमा परेका छन्।