१५ मंसिर, जलेश्वर । शनिबार सम्पन्न उपनिर्वाचनका मतपरिणाम आउने क्रम जारि छ ।

जसअनुसार प्राप्त पछिल्लो विवरण अनुसार महोत्तरीको पिपरा गाउँपालिकामा अग्रता बनाइरहेको राजपालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अघि लागेको छ ।

मतगणनाको ताजा परिणाम अनुसार नेकपाका विक्रम चौधरीले २ हजार २२८ मत प्राप्त गरेका छन् भने । पछि परेकी राजपाकी रविता कुमारीले २ हजार १३१ मत ल्याएकी छिन् । यस्तै समाजवादी पार्टीका रामजानकी यादवले १ हजार ८ सय मत प्राप्त गरेका छन् भने काँग्रेसका विजय कुमार यादबले ८ सय ८६ मत ल्याएका छन् । जनमत पार्टीकी अञ्चनीदेवी मण्डलले हालसम्म ३ सय ९५ मत मात्रै पाएकी छन् ।