१५ मंसिर, काठमाडौं । काठमाडाैंबाट गाइघाट जाँदै गरेकाे माइक्राे बस भर्खरै सिन्धुलीकाे फिटिङ दाेभानमा दुर्घटनामा परेकाे छ । उक्त दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा बा ३ ख ८४६७ नम्बरकाे माइक्राे बसमा रहेका १६ जना यात्रु घाइते भएका छन् । उद्दारका लागि घटनास्थलमा प्रहरी परिचालन भएकाे छ ।

विपरित दिशाबाट अाएकाे माेटरसाइकललार्इ जाेगाउन खाेज्दा माइक्राे बस र माेटरसाइकल एक अापसमा ठक्कर खाएका थिए । माइक्राे सडकबाट २५ मिटर तल खाेला किनारमा खसेकाे थियाे ।