२१ साउन, बझाङ । जिल्लाको थलारा गाउँपालिका–५ की विमला खाती वलीको घाँटी रेटेर गहना लुटपाट भएको छ । माइतबाट फर्कने क्रममा सोमबार साँझ ६ बजे शिलाकोटमा घाँटी रेटेर गहना लुटपाट भएको हो ।

उनको घाँटी, कान र नाकमा लगाएका गहना लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर केसीले जानकारी दिनुभयो । घाँटी, नाक र कानमा गहिरो चोट लागेको वलीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ ।

लुटपाट गर्नेको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।