१२ पुस, एजेन्सी । उत्तरी चीनको मंगोलियाको स्वात्तशासी क्षेत्रको गेन्हे शहरमा २०१९ को चाइना पोल अफ कोल्ड म्याराथन भएको छ । मानइस ५२ डिग्री सेल्सियस तापक्रम भएको उक्त क्षेत्रमा भएको कोल्ड म्याराथनमा १५ हजारभन्दा बढी मानिसहरुको सहभागी भएको सिन्ह्वाले लेखेको छ ।

म्याराथमा दौडिएका धावकको शरीर र अनुहारमा हिउँको पत्र थियो । चिसोबाट बच्नको लागि धावकहरुले बाक्लो कपडा, टोपी र मास्क प्रयोग गरेका थिए । यो म्याराथन हरेक वर्ष हुने गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिनको लागि चीनमात्र नभएर अन्य देशका मानिसहरुसमेत त्यहाँ पुग्नेगरेका छन् । दौडमा सहभागी सबै धावकहरु हिउँमा दौड्ने अनुभव बटुलेका थिए । गेन्हे चीनको सबैभन्दा चिसो शहरमध्य एक हो । त्यहाँको न्यूनतम तापक्रम माइनस ५८ डिग्रीसम्म मापन गरिएकाे छ ।