१९ असार, इलाम । माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार ७७ मत प्राप्त गरी विजयी बनेका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकुमार कार्कीले चार हजार ५२६ मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पाँच हजार ८९६ मत प्राप्त गरी विजयी भएकी छन भने उपप्रमुखमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्द्रमाया लिम्बूले चार हजार ६८३ मत प्राप्त गरिन ।

यसैबीच, इलामका १० स्थानीय निकायमध्ये इलाम, देउमाई नगरपालिका, सन्दकपुर, माई जोगमाई, चुलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । सूर्योदय नगरपालिकामा भने अझै परिणाम आउन सकेको छैन । रासस