४ जेठ, काठमाडौं ।

माओवादीले २८३ स्थानीय तहमा तीन दर्जनमा जित निकाल्दै गर्दा अर्को ऐतिहासिक सफलता हात पारेको छ । काठमाडौं नजिकको जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले जितेको हो । साँगाचोकगढी सिन्धुपाल्चोकका सदरमुकाम हो ।

नगरबाट प्रमुखमा अमानसिंह तामाङ ७ हजार ७ सय २९ मत ल्याएर विजयी भए । उपप्रमुखमा माओवादी केन्द्रकै जानुका पराजुली ७ हजार ७ सय २२ मत ल्याएर विजयी भइन् । पराजुली माओवादीकी युवा नेतृ हुन् ।

प्रमुखमा हारेका एमालेका सोम सापकोटाले ६ हजार २ सय ६७ मत ल्याए ।

माओवादीले अहिलेसम्म ३६ वटा स्थानीय तहमा जित हात पारेको छ । माओवादीले अझै ९ वटा स्थानीय तहमा अग्रता लिएको छ । कांग्रेसले कांग्रेसले ७० र एमालेले ७३ तहका जितेका छन् ।