२८ पुस, काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले माघेसंक्रान्तिको अवसरमा सार्वजनिक विदा दिएको छ । नगर कार्यपालिकाको पुस २३ गते बसेको बैठकले नगरपालिका भित्रका सम्पूर्ण विद्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिएको हो ।

नगरप्रखुम दुर्गाकुमार थापाद्वारा जारी सूचनामा भनिएको छ, ‘नगरकार्यपालिकाको २०७६ पुस २३ गतेको निर्णय बमोजिम यस नगरभित्र रहेको सम्पूर्ण विद्यालय र सार्वजनिक निकायहरु २०७६ माघ १ गते १ दिन सार्वजनिक विदा दिने भनी निर्णय गरेको व्यहोरा अनुरोध छ ।’ सूचनामा सबैले आफ्नो धर्म, संस्कार र संस्कृतिबमोजिक चाड मनाउन अनुरोेध पनि गरिएको छ ।