२१ भदौ, काठमाडौं । राजधानीको माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । शनिबार करिब साढे चार बजेतिर उनीहरूलाई माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन । उनीहरु गुण्डागर्दीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्त एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटलीले जानकारी दिए ।

उनीहरुको परिचय खुलाइएको छैन । भोलि सम्पूर्ण विवरणसहित पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धन भइरहेको प्रवक्ता बोगटीले जनकारी दिए ।