३२ साउन, चरिकोट । दोलाखामा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । कालिञ्चोक गाउँपालिका–२ स्यारावाराङस्थित कालिञ्चोक खोलाले बगाउँदा आज एक युवक बेपत्ता भएका छन् ।

कालिञ्चोकखोलामा माछा मार्ने क्रममा डुबेर ३१ वर्षीय राजु थामी बेपत्ता भएको प्रहरी नायब निरीक्षक सेते तामाङले बताए । युवक बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले खोजी जारी राखेको तर हालसम्म फेला पार्न सकेको छैन् । रासस