१३ माघ, जुम्ला । माटोको ढिस्कोले पुरिएर जुम्लामा सासू बुहारीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ४ सिंहाचौरका ५५ वर्षीया नाक्चे सुनार र उनकी २४ वर्षीया बुहारी सानुमाया सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सांकेतिक तस्विर

घर पोत्ने रातोमाटो लिन मालाभिडको दुनीखोला भन्ने ठाउँमा माटोको खानीमा पुरिएका प्रहरी निरीक्षक देवेन्द्र भट्टराईले बताए । सँगै माटो लिन गएका गुठीचौरु गाउँपालिका ५ की नवीना ऐडी र चन्दननाथ नगरपालिका ४ को पञ्चकन्या सुनार घाइते भएका प्रहरीले जनाएको छ ।