८ असोज,एजेन्सी । मान्छे भनेपछि हामी सिङ पुच्छर भएको भनेर कल्पना गर्छाैं त ? तर अब मान्छे पनि सिंह पुच्छर उम्रिएका भेटिन थालेका छन् है ! यस्ता मामिला अन्यत्रको नभई छिमेकी देश भारतकै हो ।

पुच्छर भएको बच्चा जन्मिएपछि हेर्नेको भीड

भारतको मध्यप्रदेश राज्यको सागर जिल्लामा एक ७४ वर्षीय वृद्धको टाउकोमा सिङ उम्रिएको छ । श्यामलाल यादव नाम गरेका व्यक्तिको टाउकामा सिङ उम्रिएपछि मानिसहरु चकित भएका थिए । उनले हालै शल्यक्रियाको माध्यामबाट सिङ निकालेका छन् ।

यसरी उम्रियो सिङ

श्यामलाललाई केही वर्ष पहिले टाउकोमा चोट लागेको थियो । त्यसपछि घाउ निको हुँदै जाने क्रममा टुटुल्कोजस्तो आयो । छुँदा केही खस्रो लाग्ने त्यो चिज बिस्तारै बढ्दै गयो । दरो काठजस्तो यो चिजको लम्बाई ५ इन्चजति थियो । त्यसपछि भने त्यो बढेन । सिङ उम्रिएपछि उनले उपचारका लागि धेरै डाक्टरहरुलाई भेटे । धामी झाक्रि पनि लगाए । तर अन्तिममा अप्रेशन गरेरै निकाल्नै पर्यो । अहिले सिङ निकालेपनि उनले यो उम्रिनुको कारण भने अहिलेसम्म थाहा पाउन सकेका छैनन् ।