१६ कात्तिक, विराटनगर । नेपाली काँग्रेसले प्रदेश सभाका लागि अल्पसंख्यक मारवाडी महिला अनिता सोनीलाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ ।

काँग्रेसले प्रदेश सभाका लागि समानुपातिकतर्फबाट उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउँदा विराटनगरकी सोनीको नाम अग्रस्थानमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उद्यमी सोनी दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध छन । अखिल भारत वर्ष माहेश्वरी महिला संगठनमा नेपालका तर्फबाट कार्य समिति सदस्यमा प्रतिनिधित्व गर्ने उनी एक मात्र महिला हुन । रासस