४ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

ghush

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

आयोगको टङ्गालबाट गएको टोलीले उनीहरुलाई मालपोत कार्यालय नजिकैको एक खाजा घरबाट मङ्गलबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।