९ माघ, काठमाडौं ।

कमिसनको खेलमा लोडसेडिङ बढाउने नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले बरामद गरेका सामान

पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी रहेको महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताए । उनले नेपाली हेडलाइन्ससँग भने, ‘दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा भएकाले अनुसन्धान गरेर प्रमाण सहित पक्राउ गरेका हौैं ।’

खनालका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएको देखिएको छ । पक्राउ पर्ने कर्मचारीहरुले  कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले बताएको छ ।

वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रचण्डको घोषणा

यस्तो छ पक्राउ पर्नेको नामावाली:

  • काठमाडौँ घर भएका नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर सुमन श्रेष्ठ
  •  रामेछाप स्थायी ठेगाना भएका नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स टहल बहादुर कार्की
  • सर्लाहीका महादेव प्रधान‍, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)
  • सिन्धुपाल्चोकका अच्युत खड्का, ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)
  • अछामका दिल बहादुर साउद, बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • काठमाडौका ओम ढुंगाना, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • रामेछापका श्याम बस्नेत, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • काठमाडौँका प्रदिप शर्मा, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • दाङका सूर्य बहादुर थापा, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)
  • काठमाडौँका ठाकुर महर्जन, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • काठमाडौका मनिज श्रेष्ठ, मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ )
  • भक्तपुरका भगवान पाण्डे, नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर
बिखण्डनवाद राष्ट्रका लागि घातक: प्रचण्ड

उद्योग कलकारखानाका संचालकहरू:

  • काठमाडौं गोकर्णेश्वरका कुमार लामा, पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
  • भारत स्थायी ठेगाना भएका तपन घोस, मिठाई पसल संचालक
  • भारत स्थायी ठेगाना भएका नक्सालामा कपास व्यापार गर्ने परवेज आलम
  • मोरङका रमेश चुँडाल, रामेश्वर मिठाई पसल संचालक

विगत १२ वर्ष देखि विद्युत चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुदै आएको , मिटर रिडरले मिटर रिड गरे पछि मिटरमा उल्लेखित युनिट भन्दा कम युनिटको विल वनाउने गरेको , ४।५महिनासम्म कम युनिटको विल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अंक घटाउन लगाउने, टेक्निसियनको कर्मचारीले मिटर बक्सलाई उनिहरुकै घरमासमेत लगेर मिलाई पुनःजडान गर्ने गरेको, मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरले समेत बाँडफाड गरी लिने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले बरामद गरेका सामान

साथै यस्तो कार्य बढी विद्युत खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गरिएको देखिएको र पक्राउ परेकाहरुले उक्त कार्य गरे वापत विभिन्न उद्योग कलकारखानाबाट दैनिक तथा मासिक रुपमा मोटो रकम लिदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यो पढ्नुस्।
नेपाल औषधी उद्योग लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन सरकारले नयाँ मेसिन खरिद गर्ने
शिक्षिकालाई थप्पड हानी नाचेका थिए ट्रम्प: अमेरिकी राष्ट्रपतिका नसुनिएका १० घटना
बोल्ड ड्रेसले नायिकालाई तनाव: सार्वजनिक स्थलमै ड्रेस एडजस्ट गर्नुपरेपछि… (१५ तस्बिरमा)
भट्टराई र यादवबीचको साठगाँठप्रति मधेसी मोर्चाको आपत्ति