१६ असोज, काठमाडौं । नुवाकोटमा दुई सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएकामध्ये एकको अवस्था गम्भीर छ ।

तस्बिरः दिपेन्द्र ठकुरीको फेसबुकबाट

बेलकोटगढी–८ नुवाकोट ठूलो खोला मोडमा मोटरसाइकल र मिनिट्रक एक आपसमा ठोक्किँएको हो । मृत्यु हुनेमा हाकु–१ गोङ्बो छिरिङ तामाङ रहेका छन् । उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते हुनेहरुमा चन्द्र कुमारी र देव बहादुर तामाङ रहेका छन् । दुवै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भि अनुसन्धानले देखाएको छ ।