२८ साउन, एजेन्सी । पोर्नस्टार मिया खलिफाले पोर्न फिल्मबाट हुने कमाईको खुलासा गरेकी छन् । मियाले आफूले एउटा पोर्न फिल्म गरेबापत जम्मा ८ लाख ५० हजार रुपैयाँ लिने गरेको बताइन् ।

‘मानिसहरु मैले करौडौं कमाएको छ भन्ने सोच्नुहुँदो रहेछ तर त्यो सब गलत हो’, उनले एक अन्तर्वार्तामा भनेकी छन् । उनले पाँच वर्ष अघि नै पोर्न फिल्म खेल्न छोड्न निर्णय गरेकी थिइन् तर उनलाई सामान्य जागिर पाउन एकदमै मुस्किल भएकोले अहिले पनि यसमा लागिरहेको खुलासा गरिन् । उनले आफ्नो लागि त्यो समय आफ्नो लागि एकदमै डरलाग्दो भनेकी छन् ।

तर, मियाले पोर्न फिल्म खेल्न गएकोमा आफूलाई कुनै पछुतो नभएको स्पस्ट पारिन् । साथै उनले करोडौं कमाउने भनेर लागेको आरोपको खण्डन गरेकी छन् । ‘मलाई कसैले करोडौं दिएका छैनन्’, उनले भनिन्, ‘मैले त्यति धेरै पैसाको आश पनि गरेको छैन ।’

उनले पोर्न फिल्म खेलेकै कारण ज्यान मार्ने धम्की समेत आएको खुलासा गरिन् । कुनै समय विश्वको सबैभन्दा बढी खोजिने पोर्न स्टारको सूचीमा मिया खलिफा पहिलो नम्बरमा आउँथिन् ।