२६ साउन, काठमाडौं । गत वर्षकी ‘मिस नेपाल अर्थ’ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले २४ वर्षीया सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको पार्टी प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिइन् ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्। उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सिग्देलले भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर लागेकाले राजनीतिमा आएको बताइन् ।