२३ भदौ, एजेन्सी । सलमान खानको सेप्टेम्बरको शुरुवातमा गर्ने भनेको क्यानडा र अमेरिकको भ्रमण रद्द गरेका छन् । केही विशेष भेटघाट र एक कार्यक्रमको लागि सलमानले क्यानडा र अमेरिकाको भ्रमण गर्न लागेको थिए ।

मिका सिंह र सलमान खान

भारतीय मिडियाका अनुसार सलमानले अब अर्को वर्ष यी दुई देशहरुको भ्रमण गर्नसक्नेछन् । यो टुरमा सलमानको साथमा गायक कमाल खान र अर्का गायक मीका सिंह पनि सँगै जाने भएका थिए । यी मीका सिह पनि भ्रमणमा सँगै जाने भएपछि सलमान जान नचाहेको समाचारमा उल्लेख छ ।

पाकिस्तानमा शो गरेर आएपछि सबैतिरबाट आलोचना खेप्नुपरेको मीकासँग सलमान अझै डराइरहेका छन् । मीकासँगै भ्रमण जाँदा दर्शकहरुको नकारात्मक प्रतिक्रिया मिल्ने डर सलमानले भ्रमण नै रद्द गरिदिएको हुनसक्ने अनुमान गरिएको छ ।