१८ असोज, भोजपुर । कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई शनिबार पक्राउ गरेको छ ।

beer benefit 2

छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ । आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ ।

श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ । बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो । रासस