काठमाडौं, ११ चैत । मुस्ताङमा सुख्खा पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

जिल्लाको घरपजोङ गाउँपालिका–१ टिबेटियन क्याम्प नजिकै गएरातीबाट सुख्खा पहिरो खस्न थालेको स्थानीय संचारकर्मी सुशीलबाबु थकालीले जानकारी दिए । पहिरो जाँदा छैरो गाउँ, तिब्बतियन क्याम्प र चिमाङ गाउँ आउजाउ गर्ने मुख्य बाटो पुरै खसेको छ ।

अहिले पुरै बस्ती जोखिममा रहेको र ५० घर क्षति हुन सक्ने बताइएको छ । पहिरोले अहिलेसम्म तिब्बतियनहरुको सहयोगमा सञ्चालन भइरहेको स्वास्थ्य चौकी, ३ वटा सार्वजनिक शौचालय, गाइगोठ, स्नान घर पुरै भत्काएको छ ।