२३ भदौ, एजेन्सी । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा पर्छन् । महंगो खेलाडीको सूचीमा परेका कोहलीको जीवनशैली पनि एकदमै शौखिन छ । हालै उनी वेस्टइंडिजविरुद्ध टेस्ट सिरिज जितेपछि विराट कोहली, अनुष्का शर्माको साथमा स्वदेश फर्किए ।

तर सोमबार स्वदेश फर्र्किएका विराट र अनुष्काका भन्दा पनि बढी चर्चा विराटको हातको घडीको भइरहेको छ । विराटले एयरपोर्टमा घडी हेरेपछि उनको घडीको चर्चा भइरहेको हो । आखिर कति पर्छ त विराट कोहलीले लगाएको घडीको मूल्य ?

कोहलीले लगाएको घडीको मूल्य सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । उनले लगाएको घडीको मूल्य १ करोड १२ लाख रुपैयाँ (७० लाख भारु) पर्छ । घडीमा सुन, नीलम र हिराको समेत प्रयोग गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनीसँग घडी र जुत्ताको ब्राण्डेड कलेक्सन भएको समाचारमा उल्लेख गरिएको छ ।

विराट कोहलीले पिउने पानीको मूल्य पनि ९ सय ६० रुपैयाँ (६ सय भारु)प्रतिलिटर पर्ने आजतकले लेखेको छ । समाचारका अनुसार विराट सधैँ एवियन नामक कम्पनीको मात्र पानी पिउने गर्छन् ।