यही मे ६ तारिखका दिन अमेरिकाको न्युयोर्क स्थित ‘द मेट्रोपोलिटन म्युजियम अफ आर्ट’ मा यो वर्षको ‘मेट गाला’ सम्पन्न भयो। कस्ट्युम प्रदर्शन गरिने यो कार्यक्रम प्रत्येक वर्ष मे महिनाको पहिलो सोमबार आयोजना गरिन्छ। सन् १९४८ मा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरियो जहाँ चर्को पैसा खर्च गरेर आफ्नो कस्ट्युम प्रदर्शन गर्न कलाकारहरु आतुर हुने गर्छन्। यसबाट उठेको पैसा ‘द मेट्रोपोलिटन म्युजियम अफ आर्ट’ले ‘कस्ट्युम इन्स्टिच्युट’को नाममा राख्छ। जसले प्रत्येक वर्ष फरक फरक थिममा आधारित भइ ‘मेट गाला’ आयोजना गर्दै आएको छ। कस्ट्युम इन्स्टिच्युटले वर्षेनी गर्ने ‘फेसन एक्जिबिट’को सुरुवात पनि मेट गालाबाटै हुने गर्छ।

मेट गालाको टिकटको ३५ हजार डलर पर्छ। र भित्र एउटा टेबल (खान-पिउन)को २,००,००० देखि ३,००,००० डलर खर्च लाग्छ।

यो वर्ष ‘मेट गाला’मा बलिउड तथा हलिउड कलाकाहरुले अजीवका कस्टयुम प्रदर्शन गरेका छन्।

आफ्नो पति निक जोनाससंग कार्यक्रममा पुगेकी बलिउड नायिका प्रियंका चोपडाको कस्ट्युम भने उनका जबरजस्त फ्यानलाई पनि पचेन। प्रियंकाको तस्विरलाई लिएर सामाजिक सञ्जालमा मजाक समेत उडाइयो। तर प्रियंकाको लागि यो समारोह निकै खास छ। किनकी उनले आफ्नो पति निकलाई यहि समारोहमा भेटेकी थिइन।

बलिउड नायिका दिपिका पादुकोणले पनि समारोहमा भाग लिएकी थिइन। तर चर्चा उनको भन्दा प्रियंकाकै बढी भयो।

यो वर्षको मेट गालाको थिम थियो, ‘नोट्स अफ क्याम्प’। यसै आधारमा सहभागीहरुले नक्कल गरिएको, चलाखीपूर्ण, अजीव, ह्युमर तथा कमेडी ड्रेस लगाउनु पर्ने थियो। हेर्नुस् कार्यक्रममा उपस्थित अन्य हलिउड कलाकारको प्रदर्शनीः