१३ असार, अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुखका तीन जना उम्मेद्धारले एउटै मतदान केन्द्रबाट मतदान गर्दैछन् । सन्धिखर्क नगरपालिकाका कांग्रेस, एमाले र नँया शक्ति नेपालका गरी तीन पाटीका उम्मेद्धारले वडा नम्वर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्ने भएका हुन् ।

नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेद्धार कमलप्रसाद भुसाल, एमालेका कृष्णप्रसाद श्रेष्ठ र नँया शक्ति पाटीका यमुना भुसालले एकै स्थानबाट मतदान गर्दैछन् ।

सोहि मतदान केन्द्रबाट कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर बिकले पनि मतदान गर्दैछन् । यस्तै एमाओवादी नेता तथा पूर्व मन्त्रि टोपबहादुर रायमाझि र कांग्रेस नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले पनि एउटै मतदान केन्द्रबाट मत हाल्दै छन् । उनीहरुले सन्धिखर्क नगरपालिकाको वडा नम्वर ९ को अर्घा रासीचौर केन्द्रबाट मतदान गर्दैछन् ।