४ जेठ, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सबैभन्दा ठुलो मेलम्ची नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवारले जित हात पारेका छन् । कांग्रेसका आइतमान तामाङलाई पराजित गर्दै एमालेका डम्बरबहादुर अर्यालले जित हात पारेका हुन् ।

उपप्रमुखमा पनि एमालेकै भगवती नेपाल विजयी भएकि छन् । अर्यालले ८ हजार ६ सय ७८ मत ल्याएर भने नेपालले ९ हजार १ सय ७१ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमुख उमेद्वार आइतमान तामाङले ७ हजार ३३ र उपप्रमुखमा सविता गुरुङले ६ हजार ७ सय ३९ मत ल्याइन ।