१३ भदौ, एजेन्सी । नेदरल्याण्डका डिफेन्डर वर्जिल वान डिकलाई युईएफए ले प्लेयर अफ द इयरको अवार्ड पाएका छन् ।

डिकले तीनपटक अवार्ड जितिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र दुईपटक विजेता भइसकेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई पछि पार्दै प्लेयर अफ द इयरको उपाधि हात पारेका हुन् ।

बिहिबार मोनाकोमा युरोपियन फुटबल गवर्निंग बडीले उनलाई डिफेन्डर अफ द इयरको अवार्ड पनि प्रदान गरेको छ । नेदरल्याण्डकै अर्का युवा खेलाडी फ्रैङ्की डी जोङ्ग मिडफिल्डर अफ द इयर चुनिएका छन् । ब्राजिलका एलिसन बेकरलाई गोलकिपर अफ द इयरको उपाधि पाए ।

यस्तै इंल्याण्डका महिला फुटबलर लुसी ब्रान्जलाई महिला प्लेयर अफ द इयरको उपाधि हात पारेकी छन् । उनले उपाधिको लागि आफ्नै टीमको खेलाडी एडा हेगरबर्ग र हेनरीलाई पछि पारेकी थिइन् ।