२४ पुष, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लबका ६ खेलाडीलाई अनुशासनको कारवाही गरेको छ ।

एन्फाको अनुशासन समितिले ए डिभिजन लिग खेलिरहेका दुई फुटबल क्लबका खेलाडीलाई निलम्बन र नगद जरिवाना गराएको हो । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५ खेलमा प्रतिबन्ध लगाइएको छ भने रञ्जन बिष्टलाई २ खेल खेल्न प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तिराइएको छ ।

मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र बिजय धिमाललाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । टिममा अनुशासन कायम राख्न नसकेको भन्दै दुवै क्लबलाई पनि ५०/५० हजार जरिवाना तिराइएको छ । मनाङका किट म्यानेजर शिव लामालाई ए डिभिजन लिगका सबै खेलमा प्रतिबन्ध लगाउँदै १० हजार रुपैयाँ जरिवाना लगाइएको एन्फाले जनाएको छ ।

जारी लिग अन्तर्गत मनाङ र मच्छिन्द्रबीच गत सोमबार दशरथ रंगशालामा भएको खेल सकिएपछि दुवै टिमका खेलाडीबीच मैदानमै कुटाकुट भएको थियो ।