४ चैत, कपिलवस्तु।

कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा गएराति मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकालमा सवार शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीया कमला बस्यालको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका १ का २१ वर्षिय सुशान्तराज थापा, सोही ठाउँका २१ वर्षे सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगरका दिलीप बञ्जाडे घाइते भएका वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।