झापा, ५ बैशाख । झापामा मोटरसाइकल दुर्घटनामा परि बिहीबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर जिल्ला आङसराङ बस्ने अन्दाजी २५ बर्षीय दिवेश आङदम्बे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मेची राजमार्ग अन्तर्गत झापा बुद्धशान्ति गाउँपालिका ३ मा ना ६० प ६६ ६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक इलाम देउमाई नगरपालिका २ बस्ने ३१ बर्षीय धनराज लिम्बु गम्भीर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।