११ मंसिर, मलेखु, धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् ।