१३ भदौ, एजेन्सी । मुम्बईको पास क्षेत्रमा आशिवारा लोखण्डवाला क्षेत्रमा गएराति एक मोडलले आत्महत्या गरेकी छन् ।

मोडलले आफू बस्ने अपार्टमेन्टको छतबाट हामफालेर आत्महत्या आत्महत्या गरेकी हुन् । २२ देखि २५ वर्षकी मृतकको नाम पर्ल पञ्जाबी भएको भारतीय मिडियाले जनाएको छ ।

उनले फिल्म खेल्न चाहिरहेकी थिइन् । हिरोइन बन्ने चाहना राखेकी पर्लको फिल्मी दुनियाँप्रतिको लगाव हेर्नलायक थियो । फिल्ममा काम गर्न चाहेकी उनले सफलता भने पाइरहेकी थिइनन् ।

घरपरिवारसँग राम्रो सम्बन्ध नभएकी युवती अहिले जागिरे थिइन् । प्रहरीका अनुसार युवतीले यसअघि आत्महत्याको कोसिस गरेकी थिइन् तर त्यो समयमा जसोतसो गरी जोगाइएको थियो । आत्महत्या गर्नुअघि युवतीको कसैसँग झगडा भएको बताइएको छ ।