काठमाडौं ।

नेपालमा संविधान जारी हुनै लाग्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतकोरुपमा आएका एक जयशंकर फर्किएपछि भारतीय मिडियामा नेपालको विषयले विशेष प्राथमिकता पाएको छ । नेपाली मिडियामा भारतीय कुटनीति असफल भएको चर्चा चलिरहँदा भारतीय मिडियाले अव नेपाल आफ्नै ढंगले अघि बढेको भन्ने अर्थका सम्पादकीय र समाचार प्रकाशित गरेका छन् ।

भारतको सबैभन्दा चर्चित अखबार ‘टाइम्स अफ इन्डिया’ ले रोयटर्सको समाचार प्रकाशित गर्दै रक्तपातपूर्ण पृष्ठभूमिमा नेपालले संविधान अवलम्बन गरेको र यो सम्झौताको दस्तावेज भएको हेडलाइन बनाएको छ ।

Indian Media on Constitution 1
टाइम्स अफ इण्डियाले ‘नेपाल अघि बढ्यो’ शीर्षकमा विशेष सम्पादकीय नै लेखेको छ । टाइम्स अफ इण्डियाको हिन्दी संस्करणल ‘नवभारत टाइम्स’ ले पनि नेपालको विषयमा विशेष फिचर बनाएको छ ।

जाँदा जाँदै मोदीका दुतले भने- लचकता र परिपक्वता देखाउनुस्

नेपालको संविधानलाई तुलनात्मकरुपमा प्रसंसा नै गरेको टाइम्स अफ इण्डियाले नेपालमा नयाँ संविधानबाट सबै कुरा सकारात्मक हुँदै जाने आशा ब्यक्त गरिएको छ । भारत नेपालको प्रतिबद्ध सहयोगीकोरुपमा रहनु पर्ने पनि टाइम्स अफ इण्डियाको भनाइ छ ।

विशेष दुतमार्फत मोदीले के सन्देश दिन चाहन्छन्

यसैगरी नवभारत टाइम्सले ६ दशकमा ६ वटा संविधान बनाएको नेपालमा पहिलोपटक जनताबाट संविधान बनेको भनेको छ । नवभारत टाइम्सको सम्पादकीयमा पनि नेपालका राजनीतिक दलका नेताले असन्तुष्टहरुको माग सम्बोधन गर्न देखाएको लचकताको प्रशंसा समेत गरिएको छ ।

नेपाल हिन्दु राष्ट्र नभएपछि भारतमा तरंग, भारतीय सन्देशको अर्थ

नवभारत टाइम्सले मोदीका विशेष दुतको भनाइलाई उद्धत गर्दै नेपालमा संविधान जारी हुँदा उत्सवको अवस्था हुनु पर्ने टाइटलमा समाचार पनि प्रकाशित गरेको छ ।

Indian Media on Constitution

रोयटर्सको समाचारमा तराइमा भएका आन्दोलनमा ४० जना मारिएको र भारत, चीन जस्ता शक्तिशाली छिमेकीले एक अर्काको प्रभाव नियन्त्रण गर्दै नेपालमा स्थायित्व चाहेको भनिएको छ ।

Indian Media on Constitution 2

द हिन्दु भन्छ- नेपालले भारतको सल्लाहलाई बेवास्ता गर्‍यो

केही समय यता नेपालको मधेशमा भैरहेको आन्दोलनप्रति विशेष चिन्ता लिँदै आक्रामक फिचर प्रकाशित गरिरहेको दि हिन्दुले भने भारतले दिएको सुझाव नेपालले लत्याएको भन्दै समाचार हेडलाइन बनाएको छ । भारतले अन्तिम समयमा आएर संविधान जारी गर्ने काम रोक्न आग्रह गर्दा गर्दै पनि नेपालले नटेरेको आरोप हिन्दुमा सुहाशिनी हैदरलले लेखेको फिचरमा लगाइएको छ ।

Indian Media on Constitution 3

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईको भनाइसहित प्रकाशित फिचरमा तराइमा भएको हिंसा ४० जना मारिएको कुरा सहित मधेशी दलहरुले संविधानमा मत पनि नदिएको र हस्ताक्षर पनि नगरेको कुरालाई विशेष फोकस गरिएको छ ।

केही दिन अघि मात्र नेपाली पत्रकार प्रशान्त झा ले नेपालमाथि हस्तक्षेप गर्न आग्रह गर्दै विशेष लेख प्रकाशित गरेका थिए । 

Prashanta Jha article on Hindustan  Times