३१ भदौ, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ६९ वर्षमा प्रवेश गरेका छन् । मोदीको जन्मदीनको अवसर पारेर उनको पार्टी भारतीय जनता पार्टीले सप्ताहव्यापी रुपमा सेवा सप्ताह मनाइरहेको छ ।

यसै अवसरमा काशीका डाक्टर अरविन्द सिंहले सोमबार साँझ संकटमोचन हनुमान मन्दिरमा सवा किलोको सुनको मुकुट चढाएका छन् । यसअघि नगरमा भब्य शोभायात्रा निकालिएको थियो । सुनको मुकुटको मूल्य ५० लाख भन्दा धेरै छ । प्रधानमन्त्रीसँग काशी आएर शोभायात्रामा सहभागी हुन आग्रह गरेको भन्दै उनले भनेका छन्, ‘मोदीले तपाइहरु मेरो प्रतिनिधि हुनुहुन्छ, आफैं प्रभुलाई चढाउनुस् भनेका थिए ।’