२० साउन, एजेन्सी । भारत प्रशासित जम्मू-कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेसँगै जम्मू-कश्मीरमा के परिवर्तन हुन्छ त ? मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेसँगै यो प्रश्न पेचिलो बनेको छ ।

स्वायत्त राज्य जम्मू-कश्मीरमा पहिले छुट्टै झण्डा थियो अब त्यो झण्डा हुनेछैन । भारतकै झण्डा यो राज्यको झण्डा हुनेछ । केन्द्रीय मातहत आएकाले अब स्वायत्त राज्य रहँदैन ।

जम्मु काश्मीरमा भारतको संविधान लागू थिएन अब केन्द्रीय सरकारको निर्णय सँगै यहाँ पनि भारतको संविधान लागू हुनेछ । भारतकै कानुनहरु लागू हुनेछन् । भारतका अन्य राज्यका नागरिकले जम्मू-कश्मीरमा घर, जग्गा जमिनलगायत अचल सम्पत्ति खरिद गर्न पाउँदैनथे । अब मोदी सरकारको निर्णयसँगै भारतीय जो कसैले पनि जम्मू-कश्मीरमा अचल सम्पत्ति खरिद गर्न सक्नेछन् ।