२१ साउन, एजेन्सी । भारत प्रशासित जम्मू-कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गरेपछि काँग्रेस अध्यक्ष राहुल गान्धिले मोदी सरकारको निर्णयको कडा आलोचना गरेका छन् ।


संविधानको धारा ३७० खारेज गर्ने निर्णय सत्ताको चरम दुरुपयोग भएको उनको ठहर छ । मोदी सरकराको निर्णयको एक दिनपछि ट्वीट गर्दै गान्धीले उनले भनेका छन्, ‘चुनिएका प्रतिनिधिहरुलाई जेलमा थुन्नु हाम्रो संविधान उल्लंघन हो । यो कार्यकारी शक्तिको दुरुपयोग हो र हाम्रो राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक हो ।’

राहुल गान्धीको प्रतिक्रिया आउनुअघि धारा ३७० का विषयमा काँग्रेस नेताबीच मतभेदको खबर आएको थियो । काँग्रेसका केही नेताहरु खुलेर अनुच्छेद ३७० का विषयमा बिजेपीका पक्षमा उभिएका छन् ।