२ असोज, एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो आफ्नो देशको हवाइ रुट प्रयोग गर्न नदिने भएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले प्रधानमन्त्री मोदीका लागि आफ्नो देशको हवाइ मार्ग प्रयोग गर्न अनुमति दिन नसकिन बताइएका हुन् । कश्मीर मुद्दाकै कारण आफूहरु यस्तो निश्कर्षमा पुगेको विदेशमन्त्री कुरैशीको भनाई छ । प्रधानमन्त्री मोदी २० सेप्टेम्बरमा अमेरिका पुग्नका लागि पाकिस्तानको हवाई मार्ग प्रयोग गर्ने तयारीमा थिए । भारतले प्रधानमन्त्री मोदी २० सेप्टेम्बरमा जर्मनी जान र २८ सेप्टेम्बरमा फर्कनका लागि पाकिस्तानलाई हवाइ मार्ग खु्ला गरिदिन अपिल गरेको थियो ।

हवाई मार्ग प्रयोग गर्न नदिने पाकिस्तानको निर्णयको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिश कुमारले निन्दा गरेका छन् । दुई हप्ताभित्र पाकिस्तानले दोस्रो पटक आफ्नो हवाइ रुट बन्द गरेको उनको भनाई छ । पाकिस्तानले यसअघि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दका लागिसमेत हवाइ मार्ग खोल्न अस्विकार गरेको थियो । मोदीले २७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।