२३ साउन, एजेन्सी । पाकिस्तानसँगको तनाव बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

विहीबार बेलुकी ८ बजे मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भारतीय संचारमाध्यामले जनाएका छन् । मोदीले आफ्नो सम्बोधनमा जम्मू कश्मीरका विषयमा कुरा राख्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सम्बोधन तय भएको जानकारी दिएपनि विषय खुलाएको छैन । तर पछिल्लो पटकको तातो विषय जम्मू कश्मिर राज्यलाई केन्द्र सरकारले संविधानमै व्यवस्था गरेको विशेषाधिकार खारेज गरेपछि यहि विषय मोदीले उठाउने बताइएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधन राति आठ बजे नै गरेका थिए । नोभेम्बर महिनामा गरिएको सम्बोधनमा मोदीले नोटबन्दीको घोषणा गरेका थिए । भारतले जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले भारतसँगको कुटनीतिक र आर्थिक सम्बन्ध तोडेको छ । पाकिस्तानको रेल भारतीय सीमामै रोकेको छ भने भारतीय चलचित्र प्रदर्शनमा पनि रोक लगाएको छ । दुई देशबीच कश्मीरकै कारण युद्ध भएकाले फेरि पनि युद्ध हुन सक्ने विश्लेषण गरिएको छ ।