६ असोज, एजेन्सी ।

जम्मु कश्मिरको उरीमा भएको आतंकबादी आक्रमणपछि पाकिस्तानसँग बदला लिने तयारीमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १ घण्टा वार रुम (युद्ध कक्ष) मा विताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

युद्ध भड्किदै: पाकिस्तानमै घुसेर भारतले उरीको जवाफ दियो

प्रधानमन्त्रीले पाकिस्तान विरुद्धको सम्भावित कारवाहीको विषमया छलफलका लागि १ घण्टा उच्च सुरक्षा अधिकारीसँग वाररुममा विताएको समाचारमा जनाइएको छ ।

modi in war room

मोदीको साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सेना प्रमुख दलबीर सुहाग, बायु सेना प्रमुख अरुण राहा, नौसेना प्रमुख सुनील लाम्बा लगायतका बरिष्ठ अधिकारी वाररुम मिटिङमा रहेको बताइएको छ ।

वाररुममा मोदीलाई पावर पोइन्ट प्रेजेन्टेसन देखाइएको थियो । पाकिस्तानमा रहेका आतंबादीका तालिम केन्द्र र अखडा कसरी ध्वस्त पार्न सकिन्छ भन्ने कुरा मोदीलाई सेनाले देखाएको थियो ।

निकटका नेता बोलाएर प्रचण्डले खोले ३ षडयन्त्रको खुलासा

उता जम्मु-कश्मिरको उरीमा आफ्नो सेना क्याम्पमा आतंकारी आक्रमणको भारतीय सेनाले बदला लिएको छ। स्पेशल फोर्सको दुई समुहले उरी क्षेत्र नजिक पाकिस्तानी अधिकृत कश्मीर (पिओके) स्थित ३ ट्रेनिङ क्याम्प ध्वस्त गरेको भारतीय मिडियाले जनाएका छन्।

लोकमानको निर्णयः प्रचण्ड र ओलीबीच बाझाबाझ

यो आक्रमणमा करिब २० आतंककारी मारिएको जनाइएको छ। साथै २०० बढी आतंककारी घाइते भएको बताइएको छ। आक्रमणको लागि भारतीय सेनाले हेलिकप्टरको पनि मद्धत लिएको भनिएको छ। पाकिस्तान द्वारा पिओके क्षेत्रमा ‘नो फ्लाई जोन’ घोषित गर्नु पूर्वनै भारतले यो आक्रमण गरेको हो।

भारत र पाकिस्तानबीच युद्धको सम्भावना कति ? भारतीय मिडिया भन्छ- पाकिस्तानको नक्शा मेटिन सक्छ

उता पाकिस्तानले भने भारतको आक्रामक ब्यवहारप्रति साइलेन्स कुटनीति अख्तियार गरेको छ ।

पाकिस्तानका पूर्व गृहमन्त्री रहमान मलिकले भारतले पाकिस्तानविरुद्ध देखाएको ब्यवहारले भारतीय प्रधानमन्त्रीको दिमागको शल्यक्रिया गर्नु पर्ने आवश्यकता देखिएको टिप्पणी गरेका छन् ।

रहमान मल्लिकले मोदीमाथि वाक युद्धको घोषणा गर्दै ट्वीटरमा लेखेका छन्, ‘मोदी पाकिस्तान भित्र सैन्य अपरेशनको धम्की दिइरहेका छन् । सत्य त यो हो कि मोदीले आफ्नो संक्रमित मस्तिष्कको सर्जरी गराउन जरुरी छ ।’

rehaman malik

त्यस्तै अर्को ट्वीटरमा रहमानले भनेका छन्, ‘भारतका मानिसका लागि यो निक्कै उपयुक्त सहय हो कि उनीहरुले यो क्षेत्रमा हुने भयानक क्षति अघि नै मोदीको स्वास्थ्य जाँच गराउन् । पाकिस्तान र भारतका मानिस शान्ति चाहन्छन् तर पाकिस्तान विरोधी सिन्ड्रोमका कारण मोदी आत्मघाती बन्दैछन् । भारतका माानिसमा मोदीका नीति विरोधी भावना बढिरहेको छ।’