एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार श्रीलंका जाने भएका छन् । श्रीलंकामा भएको बम आक्रमणपछि त्यहाँ पुग्ने मोदी पहिलो विदेशी नेता पनि हुनेछन् ।

गएको २१ अप्रिलमा भएको बम बिस्फोटमा ११ भारतीय नागरिकसहित २ सय ५८ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्रीका रुपमा मोदीको श्रीलंका भ्रमण तेस्रो हो । यसअघि मोदी सन् २०१५ र २०१७ मा श्रीलंका गएका थिए । भारतीय विदेश मन्त्रालयका अनुसार मोदीको यो भ्रमण यो विपत्तिको बेलामा दुई देश साथसाथ रहेको सन्देश दिनका लागि भएको बताएको छ ।

आतंकवादबाट मुक्त हुनका लागि भारत श्रील्ंकालाई भरपुर सहयोग गर्न तयार रहेको मन्त्रालयले जनाएको छ । श्रीलंका जानुअघि प्रधानमन्त्री मोदी शनिबार माल्दिभ्स जानेछन् । दोस्रो पटक प्रधानमन्त्री पदको जिम्मेबारी सम्हालेपछि मोदीको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ ।