१३ माघ, एजेन्सी । करीब ६० हजार करोड रुपैयाँमा ऋणमा डुबेको भारतको सरकारी विमान कम्पनी एयर इंडिया बेच्नको लागि मोदी सरकारले दोश्रो कोसिस शुरु गरेको छ । सरकारले दुई वर्षभित्र एयर इंडिया बेच्न दोश्रोपटक कोसिस गरेको हो ।

सोमबार सरकारले एयर इंडियाको १ सय प्रशिशत हिस्सा नै बेच्ने घोषणा गरेको हो । जबकी मुम्बईको नरीमण प्वाइन्ट स्थित एयर इंडियाको मुख्यालय र दिल्लीको महादेव मार्गस्थित कर्पोरेट मुख्यालय यो बिक्रीमा सामेल हुनेछैनन् । दुवै भवनमा सरकारको स्वामित्व रहनेछ ।

एयर इंडिया किन्न चाहने कम्पनीले १७ मार्चसम्म निवेदन दिन आह्वान गरिएको छ । यसअघि २०१८ मा एयर इंडियाको ७६ प्रतिशत सम्पति बेच्ने कोसिस गरेको थियो तर कुनैपनि कम्पनीले विमान कम्पनी खरिद गर्न आएको थिएन । त्यसकार यसपटक खरिद गर्नको लागि सहज प्रावधान बनाइएको छ ।

७६ प्रतिशत विक्री गर्ने भनी नोटिस निकालेको समयमा कम्पनीलाई ३३ हजार ३ सय ९२ करोड रुपैयाँ ऋण थियो । अहिले १ सय प्रशिशत सेयरको लागि २३ हजार ३ सय ८६ करोड बढी चुकाउनुपर्ने भएको छ ।